Hi, I’m Chandra Prasad Chapagain (C.P."Bandhu") in Nepali शि.पी."बन्धु". I was an English/Nepali teacher in my born town and I had been teaching for more than 10 years.
I was born in Moolpani-8, Dingla in 2005-05-21 B.S(Sunday, September 5, 1948). I graduated from Banaras and Studied Sanskrit Language there.
After I finished and I moved to Dingla and worked at Sadananda Sanskrit Schools as a Teacher.
I even Joined Tri-Chandra College for Bachelor in 1982 July 15 in Humanities and Social Sciences.
I like reading, writing short stories, Novels and Poems for my pleasure in my free time.
I think that although I was a teacher, we also need on going to learn everyday and the life, itself,
consists of life-long learning and the desire to learn!
हावा र हुरी
गड्याङ्ग र गुड्युङ्ग गरि रहन्छ बाहिर
खै के भयो आज कुन्नी ।।
हावा र हुरी संगै मेघ गज्रन्छ
बर्रसन्छ बिशाल पानी ।।
आकासमा कालो बादल छाये छ
खै के भयो इन्द्रेय लाई आज ।।
शृष्टि नै पो पछि लागे छन
यो सन्सारलाई नै, वगाउला जस्तो भो ।।
उठेर जानु छ आज काममा
पानी र मेघले रोक्ला जस्तो भो ।।
हिनेर वा गुडेर जाउँ भन्दा त
हावा र हुरीले बिनास गर्ने भो ।।
कालो बादल मडारीन्छ माथी
मेघ गजरिन्छ, तर्सिन्छन मानीस ।।
सफा गरे जस्तो गरी बगाउला पानीले
हावाहुरी जस्तै जिन्दगी, उडी जानु छ एक दिन , उडी जानु छ एक दिन ।।
लेखकः स्व. शि.पी. "बन्धु"
"शान्तकुटी" निवास
सगरमाथा, दिङ्गला
-------X------
!!! जिवनको कुनै रंग. !!!
न त जिवनको हुन्छ कुनै रंग ।
न त मृत्युकै कुनै रुप् ।।
न त समयको हुन्छ कुनै सिमा ।
न त आयुकै कुनै रेखा ।।
बिछोड कति सम्म? बरै कति सम्म ।
अहंः थाहा छैन यहा कसैलाई ।।
थाहा छ मात्र कि ।
दैबलै लेख्या छन् त्यहा सबैको नाँउ ।।
ढिलो चाँडो मात्र हो बरै ।
अतः हिड्नु छ सबैलाई त्यहि गाँउ ।।
त्यसैले बिन्ति छ होइ तिमीलाई ।
हाम्रो निम्ति पनि राखि दिनु ठाउँ ।। लेखकः स्व. शि.पी. "बन्धु"
"शान्तकुटी" निवास
सगरमाथा, दिङ्गला
-------X------